१३ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको छ।
त्यस्तै गत २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २९ हजार ४४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
[sidebar name="button post"]











