१३ श्रावण, काठमाण्डौ। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]









