१० श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ।
त्यस्तै गत २४ घण्टामा २ हजार ५० जना कोरोना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]











