१० श्रावण, काठमाण्डौ। देशभर पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जना र ३ हजार २६५ एन्टिजेन परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् ।
हाल देशभर २७ हजार २२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
[sidebar name="button post"]











