काठमाण्डौ उपत्यकामा थपिए ६१३ जना कोरोना संक्रमित

८ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ४१०, ललितपुरमा १३४ र भक्तपुरमा ६९ नयाँ संक्रमित थपिएका छन्।

देशभर पछिल्लो २४ घण्टामा २,९७७ संक्रमित थपिएका छन्।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको ज्यान गुमेको छ।

[sidebar name="button post"]