थप २,९७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

८ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार ६९८ जनाको पीसीआर परीक्षणबाट १ हजार ९८२ र ३ हजार ६१० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९९५ जना गरी जम्मा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमितको मृत्यु भएको छ भने १६७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

[sidebar name="button post"]