काठमाण्डौ उपत्यकामा थप ७५१ जनामा कोरोना संक्रमण पुष्टि

७ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ७५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ।

त्यस्तै गत २४ घण्टामा १ हजार २८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ३७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।