आज देशभर कति थपिए कोरोना संक्रमित, कति भए निको ?

७ श्रावण, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२२ पीसीआर परीक्षण गर्दा १ हजार ८५५ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षण गर्दा ८५९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६६१ पुगेको छ।

त्यस्तै गएको २४ घण्टामा १ हजार २८८ जना कोरोना संक्रमणमुक्त भएका छन्।