आज काठमाण्डौ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

६ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ६९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ४९०, भक्तपुरमा ६९ र ललितपुरमा १२८ जना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ।

त्यस्तै २४ घण्टामा १ हजार ४७५ जना कोरोना संक्रमणमुक्त भएका छन्।