थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

६ श्रावण, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणबाट १ हजार ९१८ जना र ३ हजार ९०१ एन्टिजेन परीक्षणबाट ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ४७५ जना कोरोना संक्रमणमुक्त भएका छन्।