काठमाण्डौ उपत्यकामा थपिए ४७४ जना कोरोना संक्रमित

४ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् भने ३२ जनाको मृत्यु भएको छ।

त्यस्तै बितेको २४ घण्टामा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

[sidebar name="button post"]