४ श्रावण, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ पीसीआर परीक्षणबाट १ हजार ६४२ जनामा र ३ हजार ८३१ एन्टिजेन परीक्षणबाट ८०३ जनामा कोरोना संक्रमण पुष्टि हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेको छ।
त्यसतै गएको २४ घण्टामा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]











