काठमाण्डौ उपत्यकामा थपिए ३९१ जना कोरोना संक्रमित

२७ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३३ संक्रमणमुक्त भएका छन्।

[sidebar name="button post"]