कोरोना अपडेट : थप १ हजार ८३१ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

२७ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ५ हजार ५३५ पीसीआर र ३ हजार ६८३ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार २३७ र ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै कोरोना संक्रमणका कारण २० जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ३८२ जनाको मृत्यु भएको छ ।

[sidebar name="button post"]