२० असार, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार २५६ जनाको पीसीआर परीक्षणबाट १ हजार ४२ र ४ हजार ८७६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६१ जना गरी जम्मा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २ हजार ५५२ जना कोरोनामुक्त भएका छन्।
[sidebar name="button post"]











