१० असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौका २३४, ललितपुरका ६८ तथा भक्तपुरका ३३ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जना संक्रमितको मृत्यु भएको छ।
बितेको २४ घण्टामा २ हजार ५ सय १८ जना संक्रमित डिस्चार्ज भएका छन्।
[sidebar name="button post"]











