१० असार, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।१२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ।
बितेको २४ घण्टामा २ हजार ५ सय १८ जना संक्रमित डिस्चार्ज भएका छन्।
[sidebar name="button post"]











