काठमाण्डौ उपत्यकामा थपिए ४९९ जना कोरोना संक्रमित

२ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

[sidebar name="button post"]