२ असार, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ८ हजार ६ सय ८७ पीसीआर र ४ हजार ३ सय ३५ एन्टिजेन परीक्षण भएको हो।
गएको २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै गत २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
यस्तै देशभरका प्रयोगशालामा ८ हजार ६ सय ८७ पीसीआर र ४ हजार ३ सय ३५ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ।
[sidebar name="button post"]











