विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा सुरु

२ असार, काठमाण्डौ। सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्‍याएको खबर सार्वजनिक भएलगत्तै समितिको बैठक सिंहदरबार सुरु भएको हो ।

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ । मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट प्रभावित भएका छन् ।

[sidebar name="button post"]