मेलम्चीको रोज होटलमा फसेका दुई युवाको हेलिकप्टरबाट उद्धार

२ असार, काठमाण्डौ। मेलम्ची नदीमा आएको बाढीले गर्दा मेलम्चीको रोज होटलमा फसेका दुई युवाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । गएरातीदेखि होटलको छतमा बसेका उनीहरुको नेपाली सेनाको हेलिकोप्टरबाट बिहान उद्धार गरिएको हो ।

मेलम्ची नदीमा आएको बाढी होटल वरिपरी आएको थियो । होटल पुरै डुबाउने अवस्था भएपछि स्थानीयले तत्काल हेलिकोप्टरबाट उद्धार गर्न माग गरेका थिए ।

त्यस लगत्तै गृह मन्त्रालयले सेनाको हेलिकोप्टर पठाएको थियो ।

[sidebar name="button post"]