थप ५१५३ जनामा कोरोना पुष्टि, १०८ जनाको मृत्यु

२५ जेष्ठ, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार ६५ पीसीआर परीक्षणबाट ३ हजार ८ सय ७० र ५ हजार ६११ एन्टिजेन परीक्षणबाट १ हजार २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ।