काठमाण्डौ उपत्यकामा थपिए १११५ जना कोरोना संक्रमित

२४ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ७९०, भक्तपुरमा १३५ र ललितपुरमा १९० जना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ भने ९२ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमित निको भएका छन्। हाल देशभर ८५ हजार ५४४ जना सक्रिय संक्रमित रहेका छन्।