थप ४४७२ जनामा कोरोना पुष्टि, ६९५१ जना निको

२४ जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा ११०२ गरी ४४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।