२३ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाण्डौ जिल्लामा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै आइतबार देशभर ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ रहेको छ। यसैगरी आइतबार ६ हजार ६ सय ३६ संक्रमणमुक्त भएका छन्।












