उपत्यकामा आज थप १३८४ जनामा कोरोना संक्रमण पुष्टि

२१ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार ३ सय ८४ कोरोना संक्रमित थपिएका छन्।

काठमाण्डौ जिल्लामा ८९७ , भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैगरी शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।