२४ घण्टामा थप ६६५३ जनामा कोरोना पुष्टि, १०१ जनाको मृत्यु

२१ जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१४ हजार १८२ पीसीआर परीक्षणमा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गरी ६६५३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ।