चीनद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

१८ जेष्ठ, काठमाण्डौ। कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।

स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन-९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।

आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट काठमाडौँ लगिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो ।