काठमाण्डौ उपत्यकामा थपिए १०९३ कोरोना संक्रमित

१६ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाण्डौमा जिल्लामा ८०४, भक्तपुरमा ११३ र ललितपुरमा १७६ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६९ कोरोना संक्रमित थपिएका छन् भने १०९ जनाको मृत्यु भएको छ।