परीक्षण कम हुँदा घट्यो संक्रमित संख्या, २४ घण्टामा थप ४३६९ जनामा कोरोना पुष्टि

१६ जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

[sidebar name="button post"]