उपत्यकामा थप २३६७ जनामा कोरोना संक्रमण पुष्टि

१३ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाण्डौमा १ हजार ७ सय ३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १०६ जनाको मृत्यु भएको छ।