एकैदिन ७,२२६ जना कोरोना संक्रमणमुक्त, १०६ जनाको मृत्यु

१३ जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा ६९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । नेपालमा लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेकाे छ ।

कोरोना संक्रमणका कारण थप १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।