आजको मौसम पूर्वानुमान : केही स्थानमा भारी वर्षाको सम्भावना

७ जेष्ठ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसो भूभागमा आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जनाएको छ। देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ लगायत देशका बाँकी पहाडी भूभागमा शुक्रबार राति आंशिक देखि सामान्य बदली र अन्य भूभागमा सामान्यतय सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ र भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ‘ताउ-ते’ थप कमजोर भई न्युनचापीय क्षेत्रका रुपमा रहेको छ।

[sidebar name="button post"]