नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

४ जेष्ठ, काठमाण्डौ। नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस संक्रमण फैलिएको पुष्टि भएको छ ।

गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ ।