बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन केयूको सिफारिस

३ जेष्ठ, काठमाण्डौ। काठमाण्डौ विश्वविद्यालय (केयू)ले झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिश गरेको छ ।

केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार सिफारिस गरिएको केयूले जनाएको छ। बी एण्ड सी सम्बन्धनको विषय लामो समयदेखि विवादित बन्दै आएको थियो।