उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना पुष्टि

३ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाण्डौमा २ हजार ३४६, भक्तपुरमा २९८ र ललितपुरमा ४५४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ हजार २४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।