२८ वैशाख, नेपालगञ्ज। बाँकेका दुई ठूला अस्पतालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बर्दियाका ६, बाँकेका ५ र रुकुम पूर्वका १ जनाको मृत्यु भएको हो ।
उनीहरुको मृत्यु सोमबार अपराह्न चार बजेदेखि मंगलबार बिहान ४ बजेभित्र भएको हो ।जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ६ जना बर्दिया र १ जना रुकुम पुर्वका छन् ।
सोमबार २४ घण्टाको अवधिमा देशभर १३९ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।
[sidebar name="button post"]









