प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

२७ वैशाख, काठमाण्डौ। संसदको विशेष अधिवेशन अन्तर्गतको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि राष्ट्रपतिबाट संसदको विशेष अधिवेशनको आह्वान भएको हो ।

सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गर्ने र विश्वासको मतका लिनका लागि मतदान गर्ने कार्यक्रम तय भएको छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी छुटै व्यवस्था गरिएको छ । कोरोना रिपोट नदेखाइ संसद बैठकमा नआउन सचिवालयले आग्रह गरेको छ ।

प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । मधेशकेन्द्रित दलमा प्रधानमन्त्रीलाई मत नदिने तटस्थ बस्ने वा विपक्षीमा मत दिने निर्णय गरेको छ । महन्थ ठाकुर पक्ष तटस्थ बसेपनि उपन्द्र यादव पक्षले विपक्षमा भोट हाल्ने बताएको छ ।

यस्तै ६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले प्रधानमन्त्रीलाइ विश्वासकव मत दिने छैन । यस अवस्थमामा प्रधानमन्त्री विश्वासको मत लिन असफल हुने निश्चित देखिएको छ।

[sidebar name="button post"]