१४ वैशाख, दाङ। दाङमा पनि कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न शुक्रबारदेखि लकडाउन हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यस्थापन केन्द्र ‘डीसीएमसी’ले दाङमा शुक्रबार वैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
सोमबार एकैदिन २१० जनामा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार बसेको डीसीसीएमसीको बैठकले वैशाख १७ गतेदेखि वैशाख २५ गते साँझ ६ बजेसम्म लकडाउन हुने छ ।
लकडाउन अवधिमा अत्यावश्यकबाहेक सबै सेवा र व्यवसाय बन्द हुने छन् ।
[sidebar name="button post"]









