१४ वैशाख, काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा करिब दुई हजार कोरोना संक्रमित थपिएका छन् । काठमाण्डौ उपत्यकामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाण्डौमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।
[sidebar name="button post"]









