१२ वैशाख, काठमाण्डौ। कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै काठमाण्डौ उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ ।
आइतबार बसेको काठमाण्डौ , भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
संयुक्त बैठकले सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताइएको छ । यस्तै बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
[sidebar name="button post"]









