८ वैशाख, काठमाण्डौ। कोरोनाको दोश्रो लहरका कारण विभिन्न देशमा जानका हिंडेका १२२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको छ। सिनामंगलको सूर्य ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएको हो ।
हिजो सूर्या ल्याबमा छापामा मारेर नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई ओरालेको बताइएको छ ।
मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन चलाएर प्रयोगशालाका ६ कर्मचारीलाई पक्राउ गरेको थियो।












