६ वैशाख, काठमाण्डौ। कलाकार मदनकृष्ण श्रेष्ठलाई जन्मदिनकै दिन कोरोना संक्रमण भएको छ। श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।
श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराएका छन्। साथै उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गरेका छन्।
‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला’ उनले भनेका छन्।












