२९ फागुन, काठमाण्डौ। देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ।
शनिबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ।
त्यस्तै राति गण्डकी, बागमती प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपात हुन सक्ने मौसमविदले बताएका छन् ।
यसैबिच देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।









