सरोज कार्की
मंसिर १५, काठमाण्डौ। काठमाण्डौ महानगरपालिका वडा नं ७ चाबहिलमा आज कोभिड १९ हट स्पोट अण्टिजेन परिक्षण सिबिर भएको छ।
कोरोना महामारी नियन्त्रण गर्नका लागि वडा नं ७ मा निशुल्क कोरोना परिक्षण गरिएको हो। सोहि वडाका स्थानीय बासिन्दालाई निशुल्क कोरोना अण्टिजेन परिक्षण गरेको छ।
काठमाण्डौ माहानगरपालिका वडा नं ६ का वडा सदस्य कृष्णमणि भट्टराईका अनुसार अत्याधिक भिडभाड हुने जस्तै सार्बजानिक सवारी साधन ,होटल व्यवसाय,तरकारी ,फलफुल अन्य यस्तै अत्याधिक भिडभाड हुने ठाउँमा प्रत्यक्ष सम्पर्क हुने भएकाले लक्षित वर्गमा परिक्षण गरिएको हो।

[sidebar name="button post"]










