उपचारमा खटिएवापतको र दसैँभत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलनमा

२ कात्तिक, काठमाडौं । कोभिड–१९ को उपचारमा खटिएवापतको र दसैँभत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारी भएको कोठामा ताल्चा लगाएका छन् ।

आन्दोलनकारीले ताल्चा लगाएपछि न्याम्सका पदाधिकारीहरु वाहिर निस्कन पाएका छैनन् । १५ दिन अगी संक्रमितको उपचारमा खटिएवापतको भत्ता, स्वास्थ्यकर्मीलाई उचित सुरक्षा सामग्री उपलब्ध गराउन लिखित रुपमा माग राखी पत्र दिएका थिए।

१५ दिनसम्म पनि पत्रको सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको हुन् । फ्रण्टलाइनमा काम गर्ने वीरका कुनै पनि कर्मचारीले अहिलेसम्म कोभिड भत्ता पाएका छैनन् ।

[sidebar name="button post"]