सिन्धुपाल्चोककाे जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना पुष्टि

असोज २३, सिन्धुपाल्चोककाे जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठलाई बिहीबार सङ्क्रमण पुष्टि भएको हो।

उहाँले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको हाे । उहाँ होम आइसोलेसनमै हुनुहुन्छ । उहाँका अनुसार स्वास्थ्य अवस्था सामान्य छ । यसैबिच जिल्ला प्रशासन कार्यालयको सेवा सोमबारसम्मका लागि बन्द भएकाे छ ।

कर्मचारीको परिवारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबारसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रशासकीय अधिकृत सुनिता पहरीले जानकारी दिनुभयाे।

जिल्लामा हालसम्म २ सय जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ । ती मध्ये १ सय २१ जना निको भएर फर्किएका छन् ।

[sidebar name="button post"]