जय न्यौपाने
असोज १० ,काठमाडौँ । मदन भण्डारी फाउन्डेसन काठमाडौंको आयोजनामा प्रशिक्षार्थी पत्रकार लेखन तालिम संचालनमा आएको छ। टोखा बुढानिलकण्ठ, तारकेश्वर न . पा का सहभागी युवा समुहहरूलाई उक्त प्रशिक्षणमा प्रत्रकारीता लेखन सम्बन्धि पुनर ताजगी सहितको ३ दिने तालीम असोज ९ गते बाट सुरू गरिएको हो। ३ दिने तालिम असोज ११ गते सम्म संचालन गरिने कार्यक्रम प्रस्तोता घनश्याम कोईरालाले जानकारी दिनुभयो ।
सो कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई मदन भण्डारी फाउन्डेसन काठमाडौंका बागमती प्रदेश सरकारका माननीय साम्सद दिपक निराैला, पेम्बा लामा प्रमुख सकृयतामा डा.कुन्दन अर्याल . डा.प्रेम सागर चापागाई, घनश्याम कोईराला , अम्मर धोज लामा , सुवास खतिवडा यशोदा अधीकारी, किरण अधिकारी लगायतका बरिस्ट विज्ञहरुको आतिथ्य सहकार्य सहयोग अनुरूप प्रशिक्षार्थी पत्रकारहरुलाई प्रशिक्षण दिई रहनु भएको छ ।
यस कार्यक्रमले प्रत्रकारीता लेखन सम्बन्धि कलाको विकाससँगै व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निभाई युवाहरुलाई समसामायिक भु-धरातल राजनितिको सवाल र समृद्धिको मार्ग प्रति व्यक्ति स्वयम् जागरुप रहन उत्प्रेरित गराएको टोखा न.पा का सहभागी शोभा तामाङ्ग, नविना श्रेष्ठ , सोनी डंगोल लगायतका सहभागी प्रशिक्षार्थीहरूले प्रशिक्षणबाट पुर्ण लाभान्वित रहेको बताउनु भएको छ ।











