जोरपाटी–साँखु र ढोलाहिटी–चापागाउँ सडक निर्माणको जिम्मेवारी पाएका कम्पनीलाई कारवाहीकाे तयारी

असाेज ७, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले युनाईटेड विल्डर्स एण्ड ईन्जिनियर्स प्रा.लि. र दिवा शैलुङ जेभीलाई कारबाही गर्ने तयारी गरेको छ । यी दुई कम्पनीलाई कालोसुचीमा राख्न नपर्ने कुनै कारण भए ७ दिनभित्र स्पष्टिकरण सहित आधिकारिक प्रतिनिधि उपस्थित हुन आग्रह गरेको छ ।

यी दुई कम्पनीले गरेको आयोजना निर्माणका काम सम्झौताको शर्तअनुसार पुरा हुन नसकेको र कोरोना भाईरस संक्रमणको कारण देखाएर थप मागिएको समयभित्र पनि काम गर्न चासो नदेखाएको आयोजनाले जनाएको छ ।

७ दिनभित्र स्पष्टिकरण सहित कम्पनीका आधिकारिक प्रतिनिधि उपस्थित नभए कारबाही प्रक्रिया अघि बढाईने आयोजनाले सुचना निकालेर जानकारी गराएको छ। युनाईटेड विल्डर्स एण्ड ईन्जिनियर्स प्रा.लि. ले काठमाडौंको जोरपाटी–चावहिल–साँखु सडक र दिवा शैलुङ जेभी ललितपुरको ढोलाहिटी– सुनाकोठी–चापागाउँ सडकखण्ड निर्माणको जिम्मा पाएको थियो ।

[sidebar name="button post"]