Ad #144479

पुर्ब कानुन मन्त्री एबम सिन्धुपाल्चोक क्षेत्र नं २ का संघीय सांसद शेर बहादुर तामाङले नेपाली जनताको बलिदानिबाट प्राप्त उपलब्धि “गणतान्त्रीक नेपालको संबिधान २०७२” को रक्षा गर्नका लागि संबिधानको पुर्ण रुपमा कार्यन्वयन गर्नु पर्ने बताउनु भएको छ ।संबिधान आफैंमा परिबर्तनशिल दस्ताबेज भएकोले बाझिएका धाराहरुको क्रमश संसोधन गर्दै सम्पुर्ण नेपालीहरुलाई अधिकार सम्पन्न बनाउदैं लैजानु पर्ने बताउनु भएको छ ।

काठमाण्डौ जिल्लाको उत्तर पश्चिमी क्षेत्रको माकलबारीमा लामो समयसम्म सामाजिक क्षेत्रमा क्रियाशिल माकलबारी टोल सुधार समितिद्वारा संबिधान दिबसको अवसरमा आयोजित कार्यक्रममा उहांले सो बिचार ब्यक्त गर्नु भएको हो।सो कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष एबम स्थानीय समाजसेबि पेमा छिरि शेर्पाले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष शेर्पाले करिब १६००० नेपाली जनताको बलिदानिबाट निर्मित संबिधानको पुर्ण रुपमा कार्यन्वयन गर्दै सबै जात जाती भाषा भाषिको अधिकारको सुनिश्चितता हुनु पर्ने बताउनु भयो ।उक्त कार्यक्रममा जया मल्टिपल कलेजका पृन्सिपल भवानी पौडेल ,ब्यबसायी एबम समाजसेवी बिष्णु लामिछाने,तुलसी पौडेल ,निर्मल बन्जारा,टि.आर.नेपाल लगायत बिभिन्न महिला समुहहरुका साथे बिभिन्न सामाजिक संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन समितिका सचिब बिनित राज अर्यालले गर्नु भएको थियो ।